कुवेतको अल-मुतलामा बालुवाको थुप्रोले पुरिएर ४ नेपाली कामदारको मृत्यु

काठमाडौँ, १ फागुन । कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएकोे छ । घटनामा अन्य ३ जना घाइतेसमेत भएका छन् ।
कुवेतको अरबटाइम्स अनलाइनका अनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन । त्यहाँ उद्दार कार्य जारी छ । तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरू भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको उल्लेख छ ।
कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू घटनास्थल पुगेका थिए । घाइतेहरूको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ । घाइतेहरू कुन देशका हुन् भन्ने खुलेको छैन । सार्वजनिक निर्माणमन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् ।
नेपाली मृत्यु भएको विषयमा जानकारी लिइरहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता