इलाममा छयाङ्कन भएको ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर रिलिज (भिडियो सहित)

इलाम, १ फागुनः फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । अधिकांस फिल्म इलाममा छायाङ्कन गरिएको छ ।
अभिनेता पल शाह फिल्ममा पनि पलको भूमिकामा प्रस्तुत छन् । उनी एक चर्चित गायक हुन्छन् । अभिनेत्री पूजा शर्मा उर्फ छाँया भने पलको गायनको फ्यान हुन्छिन् । उनी पनि गायन क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छिन् । यसै क्रममा पल र पूजाको भेट हुन्छ र पूजालाई ठूलो गायिका बनाउन पलले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । 
‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । 
दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने फिल्म पण्डितले अनुमान गरेका छन् । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता