सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलको रुपमा फैलियो, कोरोनाको आशंका

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी साझँसम्म १०० भन्दमाथि पुगेको छ ।
बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
उहाँले फेसबुमा लेख्नुभएको छ( बिहानसम्म १ दर्जनको संख्यामा रहेका बिरामी अहिले सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।’
जनशक्ति र साधनस्रोतले भ्याए सम्मको बिरामीहरूको सेवामा खटिरहेको उहाँले बताउनुभएको छ । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि सहयोगको लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेको र आफू पनि संकलन खटिरहेको उहाँले बताउनु भएको छ । आज बिहानै मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जाँदै गरेको पनि उहाँले जानकारी दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ( अहिले पनि म लगाएत साथीहरु थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेका छौं । भोलि बिहान मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जादैछौँ ।
कोरोना भाइरस नै भनेर नभनेको तर केरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेको उहाँले जनाउनु भएको छ । ‘सक्दो प्रयास भइरहेकोले नआत्तिन सबैमा आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘म फेरि दोहोऱ्याछु हामीले कोरोना भाइरस भनेका छैनौं योसँग लक्षण मिल्दोजुल्दो भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेका हौं ।’

न्युज24बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता