इलाममा दादुरा र रुबेलाविरुद्ध खोप अभियान दुई चरणमा

पहिलो चरण फागुन ५ देखि फागुन १३ दोस्रोचरण फागुन १६ देखि २४ गते सम्म 


इलाम, २८ माघ । देशभरका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिन चलाउन लागिएको अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने देशभर सञ्चालन हुँदै छ ।
इलाममा पनि पहिलो चरणको कार्यक्रम अन्तरगत दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिइदैछ ।
इलाममा पनि दुईचरणमा विभाजन गरेर पूरक मात्रामा खोप दिन लागिएको हो । पहिलो चरणको दादुरा र रुबेलाविरुद्धको खोप फागुन ५ देखि फागुन १३ दोस्रोचरण फागुन १६ देखि २४ गतेसम्म इलामका विभिन्न पलिकामा सञ्चालन हुने स्वास्थ्य कार्यलय इलाममका प्रमुख वृजकुमार दासले जानकारी गराउनुभयो ।
पहिलो चरणमा इलामका देउमाई नगरपलिका, माङसेवुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपलिका र माई नगरपालिकमा सञ्चालन गरिने र दोस्रो चरणमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा सञ्चालन हुन पनि दासले जानकारी दिनुभयो ।
इलाममा दुई चरणको लागि खोप लगाउन ११८ जना स्वस्थ्यकर्मी परिचालन गरिएको छ भने जिल्लामा रहेका २६ हजार ५ सय तिरहत्तर बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
देशमा खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने छ ।
अभियान एक महिनासम्म चल्नेछ । दादुरा र रुबेला खोप अभियानका लागि सरकारले ५६ करोड रुपैयाँ खर्च हुने पनि जनाएको छ ।
सरकारले सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्य लिएको थियो । तर अझै देशका विभिन्न भागमा दादुरा देखिएपछि सरकारले २०२३ सम्ममा निवारण गर्ने लक्ष्य निर्धारण गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता