इलाम आमचोकको सिंहदेवी माविलाई कांग्रेस नेता खडकाद्वारा एकसठी हजार सहयोग

इलाम, २८ माघः इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले सिहदेवी माध्यमिक विद्यालय आमचोकमा कृषि प्राविधिक विद्यालय संचालन गर्न , विद्यालयको भौतीक संरचना निर्माण गर्न साथै आगामी शैक्षिक सत्र देखि कृषि प्रविधिक विद्यालय संचालनका लागि लगाइएको सप्ताह महायज्ञ पुराणमा  एकसठी हजार आर्थिक सहयोग प्रदान गरेका छन । गत माघ २१  गतेदेखि शुरु भएको सपताहमा सोमबार यज्ञ स्थल पुगेर उनले सो रकम प्रदान 
गरेका हुन  । यज्ञको अतिथी समेत रहेका खड्काले सदाचार , शिश्टचार  र ध्यान हाम्रो धर्मका मुल मन्त्र हुन भन्दै गरीबीको रेखामुनि रहेका विद्यार्थीले अध्ययन गर्ने विद्यालयको स्तर उन्नतिका लागि लगाइएको सप्ताह पुराणको सफलताको शुभकामना दिए ।

इलाम जिल्लाका अग्रज समाजसेवीको रुपमा  राष्ट्रिय सम्मान प्राप्तको उदघोष सगै यस क्षेत्रका अग्रज , शिक्षक, विद्यार्थी लगायत  समपूर्ण नागरिकहरुले पन्चे बाजागाजा सहित भजन गाउँदै जयजयकारले स्कुल परीसर परिक्रमा  गराएर सम्मान समेत गरिएको थियो  । अन्य दाताहरुको समेत  सहयोग भएको यस महायज्ञमा पुराण बाचक लोकशरण उपाध्यायले डम्बर खड्का जस्ता समाजसेवी यज्ञमा आउनु  अहो भाग्य हो भन्दै खुलेर प्रशंसा गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता