प्रदेश १ को क्वारेन्टाइनमा १ हजार भन्दा धेरै

काठमाडौ :  कोरोना संक्रमित उपचार गर्नको लागि प्रदेश १  मा ४ हजार ८ सय ९ बेड सहितको क्वारेन्टाइन निर्माण गरिएको छ। १४ जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा सय बेड भन्दा माथी राखिएको छ। क्वारेन्टाइन १ हजार ९२ जना छन्। जसमा पुरुष ९ सय ६८ र महिला १ सय २४ छन्। होम क्वारेन्टाइनमा ४ हजार ९ सय १० रहेका छन्। महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ छन्। प्रत्येक दिन पाँच जना देखि माथी क्वारेन्टाइनमा बसिरहेको प्रदेश १ मुख्य मन्त्री तथ मन्त्री परिषदको कार्यालयले जनाएको छ।  
प्रदेश १ को झापामा जिल्लामा सबैभन्दा क्वारेन्टाइन सहितको बेड रहेको छ। जनसंख्या घनत्वको आधारमा पनि बढी बेड संख्याको क्वारेन्टाइन निर्माण गरिएको मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी भट्टराइले बताए। उनका अनुसार झापामा १२ महिला र १८१ पुरुष छन। दोस्रोमा मोरङमा ७ सय बेड छन्।  हाल क्वारेन्टाइनमा ६ जना महिला र ४२ पुरुष गरेर ४८ जना क्वारेन्टाइनमा छन्। इलाममा ३ सय २१ बेडको क्वारेन्टाइन बनाइएको छ। जसमा ५ पुरुष र ९ महिला रहेका छन्। 
धनकुटामा १ सय ४१ बेडसहितको क्वारेन्टाइन बनाइएको छ।  भोजपुरमा ३ सय ९७ बेडको क्वारेन्टाइन बनाइएको त्यहाँ १० महिला र ६८ पुरुष, संखुवासभामा १ सय २७ बेड र तेह्रथुममा १ सय ९१ बेडको क्वारेन्टाइनमा २० महिला र ९५ पुरुष,ओखलढुङ्गा २ सय ३९ क्वारेन्टाइन जसमा ३१ पुरुष र खोटाङमा ४ सय २२ बेडको क्वारेन्टाइनमा १५ महिला र १ सय २६ पुरुष छन्। सुनसरीमा ३ सय ७६ क्वारेन्टाइनमा १५ महिला र १६८ पुरुष, ताप्लेजुङमा १७९ बेडको छ। 
सोलुखुम्बुमा २३९ मा ४ महिला र ३६ पुरुष।उदयपुरमा ४४३ मा १५ महिला र १५५ पुरुष पाँचथरमा २२१ बेडमा २२ महिला र ५७ पुरुष छन्। त्यसैगरी, प्रदेश १ मा ठूलो संख्यामा होम क्वारेन्टाइनमा बसेका छन्। मोरङमा २५६ महिला र ११९१ पुरुष। धनकुटामा ५७ महिला र ४३० पुरुष,भोजपुरमा ३४ महिला र १०३ पुरुष, संखुवासभामा १४ महिला र १२ पुरुष,ओखलढुंगामा २७ महिला र १५५ पुरुष खोटाङमा १५ महिला र पुरुष १६९ सुनसरीमा ११६ महिला र ११७७ पुरुष,सोलुखुम्बुमा १ महिला र १० पुरुष, उदयपुरमा ११९ महिला र ८५ पुरुष, झापामा १२१ महिला र ६५५ पुरुष। पाँचथरमा ३४ महिला र १२९ पुरुष छन्।  
यसैगरी,कोशी अस्पताल कोरोना उपचार केन्द्रको आइसोलेसनमा ४ जना पुरुष १ महिला थप भर्ना भएको भट्टराईले जानकारी दिए। उनका अनुसार पाँचथरबाट ६ जना पुरुष र ताप्लेजुङबाट २ पुरुष र २ महिला आइसोलेसनबाट डिस्चार्ज भएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता