भोजपुरका एक कोरोना संक्रमित युवाको यात्रा: मावली, ससुराली हुँदै घर पुगेर भलिवल मैदानसम्म

भोजपुर, १२ बैशाख । भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावली ससुराली हुँदै घर आएको पाइएको छ । उनी साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं ओर्लिएका उनी त्यहाँबाट सुनसरी आएको पाइयो।
रात्रि बसमा सुनसरीको झुम्का आएका उनी नहडाको साथिसँग आएका थिए । त्यसपछि डेरा गरि बसेका पत्निलाई भेट्न सुनसरी कै चतरामा आएको खुलेको छ । चतराबाट बसमा चढेर परिवार सहित मावाली धरान गइ बसेको देखिएको छ । धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन् ।
धरान मावाल, चतरा डेरा र इटहरी साथिहरुसँग घुमेका उनी ८ दिनसम्म सुनसरी रहेका थिए । सुनसरी पछि उनी ससुराली उदयपुरको मैनामैनि फागुन ९ गते गएको पाइएको छ ।
ससुरालिमा २ दिन बसेका उनी ११ गते विहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशिको चुहारसम्म गएका थिए ।
त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङ्गसम्म आएका थिए । त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्को बाइकमा घर होम्ताङ्ग पुगेको पाइएको छ ।
उनी भोजपुर तरेपछि स्थानीयवासिले गाउँपालिकाको हटलाइन नम्बरमा खबर गरेका थिए। घर पुगेपछि उनी एकान्तबासमा नबसी साथिहरु संग हिडडुल गरेको पाइएको छ । सामान्य लक्षण समेत नआएको कारण उनि गाउँमा भलिभल खेल्नसमेत गएको स्थानीय अर्थ राईले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता