कोरोनाबाट विश्वभर १ लाख ८४ हजारको मृत्यु, अमेरिकामा मात्रै साढे ४७ हजारको ज्यान गयो


काठमाडौँ, ११ वैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । साथै ७ लाख १७ हजार ६२५ जना पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अहिले अमेरिका रहेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणका कारण ४७ हजार ६७६ को मृत्यु भएको छ भने संक्रमितको संख्या ८ लाख ४८ हजार ९९४ पुगेको छ । बुधबार मात्रै त्यहाँ २३ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
कोरोनाबाट बढी प्रभावित देशमध्ये इटलीमा हालसम्म २५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यहाँ संक्रमित संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ । अर्को बढी प्रभावित देश स्पेनमा पनि कोरोनाका कारण २१ हजार ७१७ को ज्यान गइसकेको छ भने संक्रमित संख्या २ लाख ८ हजारभन्दा बढी पुगेको छ । उता, फ्रान्समा २१ हजार ३४० जनाको ज्यान गएको छ । त्यहाँ संक्रमित संख्या १ लाख ५९ हजार ८७७ पुगेको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण १८ हजारभन्दा बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ संक्रमित संख्या १ लाख ३३ हजार ४९५ पुगेको छ । जर्मनीमा संक्रमति संख्या १ लाख ५० हजार ६४८ पुगे पनि त्यहाँ मृत्यु हुनेको संख्या ५ हजार ३१५ पुगेको छ ।
हेर्नुहाेस् सर्वाधिक प्रभावित देशहरूकाे पछिल्लाे अवस्था-
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता