लकडाउनको वेवास्था गर्दै घर जान चाहनेहरुको काठमाडौंको कोटेश्वरमा लाग्यो भीड (तस्वीर)


काठमाडौं, १० बैशाख । सरकारले गरेको लकडाउनको पर्वाह नगरी काठमाडौंको कोटेश्वरमा पनि आज गन्तव्यतर्फ लाग्न भन्दै मानिसहरुको ठूलो भीड लागेको छ ।
तीन दिन अघि थानकोट र बनेपा नाकाबाट बाहिरिने नागरिकका लागि केही संघीय मन्त्री, केही सांसद र बिभिन्न संघसंस्थाको पहलमा बाहिरिन सवारी साधनको व्यवस्था गरिएपछि हिजोदेखि कोटेश्वर र बनेपामा क्षेत्रमा ठूलो संख्यामा मानिसहरुको भीड लाग्न थालेको हो ।
आफूहरु पनि जान पाइने होकी भन्ने उत्साहका साथ मानिसहरुको भीड कोटेश्वरमा थपिदो छ ।
यस्तै आफ्नो घर र गाउँ फर्कन चाहनेहरुका लागि केही स्थानीय तहले सवारी साधनको व्यवस्था गरेर पठाएपछि पनि कोटेश्वरमा भीड बढेको हो । काठमाडौं आसपासका जिल्लाहरुमा जान चाहनेहरुको भीड अहिले कोटेश्वरमा बाक्लो देखिएको छ ।
न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता