नेपालमा पुनः तीन जनामा संक्रमणको पुष्टि भएसंग कोरोना संक्रमितको संख्या ४५ पुग्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं, १० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । पुनः तीन जनामा संक्रमणको पुष्टि भएसंग संक्रमितको संख्या ४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा संक्रमण भएको पुष्टि गर्नु भयो ।
तीन जना पुरुष रहेको र उनीहरुको उमेर २४ , ६० र ७२ बर्ष रहेको जानकारी पनि उहाँले दिनुभयो । यी तिनै जना उदयपुरको रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता