Home
MAIPOKHARI NEWS
देउमाइमा राहत वितरणमा विवाद, वडा अध्यक्ष भन्छन् हाम्रो निर्णय प्रमुखले मानेन्
देउमाइमा राहत वितरणमा विवाद, वडा अध्यक्ष भन्छन् हाम्रो निर्णय प्रमुखले मानेन्
इलाम, २९ चैतः इलामको देउमाई नगरपालिकाम राहत वितरणमा विवाद भएको छ । देउमाइ नगरपालिका वडा नं. ७ सिद्धिथुम्कामा वडाले सिफारीस गरेको नामावली अनुसार वितरण् नगरेको आरोप लगाएका छन् । वडा नं. ७ का अध्यक्ष भक्त वहादुर लिम्वुले ४५ परिवारको नाम सिफारीस गरेकोमा १० जना हातमुख जोड्न समस्या परेकाको नाम कटेको आरोप लगाए । उनले भने यहाँ भएका दिपक गजमेर, फुर्वजिम्वा तामाङ्ग, मन वहादुर गजमेर, वुद्धिमान तामाङ्ग, विक्रम योन्जन तामाङ्ग, पित्त वहदुर खती, पूर्णबहादुर जिम्वा, आशमान लिम्वु, राकेश ग्रामी र तेज व. आचार्यको नाम काटेको छ ।
यता देउमाइ नगरपालिकाका नगर प्रमुख सूर्य पाेख्रेलले भने राहत वितरणामा त्यस्ताे अनियमितता नभएकाे पाउनुपर्नेले पाएकाे वताएका छन् ।