भारतमा फैलिँदो कोरोना : संक्रमित संख्या २६ हजार नाघ्यो, ८२५ को मृत्यु

काठमाडौँ, १४ वैशाख । भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । त्यहाँ शनिबार कोरोना संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ । शुक्रबार त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण ८२५ जनाको मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या पनि २६ हजार २८३ पुगेको छ ।
शनिबार एकै दिन भारतमा १ हजार ८३६ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार १ हजार ४०८ नयाँ संक्रमित भेटिएका थिए । यससँगै ५ हजार ९३९ जना भने पूर्ण रूपमा निको पनि भइसकेका छन् । बाँकी १९ हजार ५१९ जना संक्रमित हाल उपचाररत छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता