कोसी अस्पतालमा ३० जना संक्रमित


विराटनगर, १४ वैशाख । शुक्रबार साँझसम्ममा प्रदेश १ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ।
उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए।
‘प्रदेश १ सरकार पहिलेदेखि नै तयारीमा थियो, अस्पताल तयार भएकाले उपचारमा सहज भएको छ,’ उनले भने, ‘यो अस्पतालको क्षमता ५० बेडको भए पनि ७५ जनासम्मलाई राखेर सहज रूपमा निगरानी र उपचार गर्न सकिन्छ।अस्पतालको क्षमताभन्दा आधा बढी संक्रमित अस्पतालमा भर्ना भइसकेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता