माङसेवुङमा जिल्ला बाहिर काम गर्न गएका युवा फर्कने भए पछि विद्यालयमा स्थानीयले क्वारेन्टाईन बनाए

इलाम, ११ बैशाकः इलामको माङसेवुङमा रोजगारीको शिलसिलामा इलाम बाहिर रहेका युवाहरु लामो समयको लकडाउन भए पछि गाउँ फर्कने भए सँगै माङसेवुङ २ मा रहेको खाम्नुवा आधारभूत विद्यालयका १३ जना अटाउने क्वारेन्टाइन निर्माण गरिएको छ । 
धेरै लामो समय देखि कास्की लम्जुङ, बारा, धादिङ जिल्लामा काम गर्दै गरेका १३ जना युवाहरु भोली (शुक्रबार) गाउँ आई पुग्ने भने पछि आज क्वारेन्टाईन निर्माण गरिएको हो । 
स्थानीय युवाहरुको सक्रियतामा सो क्वारेन्टाईन निर्माण गरिएको हो । स्थानीय स्रोत र साधनको प्रयोग गरेर निर्माण गरिएको क्वारेन्टाईन निर्माण गरिएको स्थानीयले वताए । उनले भने जिल्ला वाहिरबाट आएका युवाहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्या परिक्षण गरेरमात्र परिवारसँग पठाइने छ । 
होम क्वारेन्टाइनमा राख्दा घरमा भएका वुढापाका तथा केटाकेटीहरुलाई गाह्रो हुने भएकाले विद्यालयको क्वरेन्टाइनमा राख्नु वढी सुरक्षित हुने पनि माङसेवुङ गाउँपालिका २ की महिला सदस्य राम मायाँ लिम्वुले वताईन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता