शुक्रबार श्रीलङ्काले आफ्ना ९३ नागरिक स्वदेश लैजाने

काठमाडौं– कोभिड–१९ का कारण नेपालमा फसेका आफ्ना नागरिक उद्धार गर्न श्रीलङ्काले शुक्रबार चार्टर फ्लाइट गर्न लागेको छ । 
श्रीलङ्का सरकारको पहलमा नेपालमा अध्ययन गरिरहेका केही विद्यार्थीसहित ९३ जना नागरिक लिन शुक्रबार श्रीलङ्कन एअरलाइन्सको विमान काठमाडौं आउन लागेको हो ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे कोलोम्बोबाट उडान भर्ने एअरबस ३२० विमान मध्यान्ह १२ बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ । 
उक्त विमान अपरान्ह १ बजेर ५ मिनेटमा काठमाडौंबाट उडान भरी श्रीलङ्काको कोलोम्बो पुग्नेछ ।
कोभिड–१९ का कारण नेपालमा फसेका आफ्ना नागरिक लैजान यसअघि विभिन्न देशले चार्टर फ्लाइट गरिसकेका छन् । यद्यपि नेपाल सरकारले आगमनको अनुमति नदिएका कारण विभिन्न देशमा फसेका नेपाली नागरिक भने नेपाल फर्कन पाएका छैनन् । 
युएई, कतार, साउदी अरब, मलेसिया, बंगलादेश लगायतका देशमा फसेका नेपालीहरु आफ्नै खर्चमा स्वदेश फर्कन लागेपनि नेपाल सरकारले आगमनको अनुमति नदिँदा स्वदेश फर्कन पाएका छैनन् ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता