एक कार्यकर्ताले झोलाबाट हराएको प्रेमपत्रको अंश🌹


- प्रिय, तिमी यस्तो प्यारो कुर्सि बनिदियौ कि, म निर्लज्ज टाँसिईरहें ।😀
- तिम्रो मेरो सम्बन्धले शहरमा यस्तो हल्ला पिट्यो कि लाग्छ हाम्रो बन्धन "बामगठबन्धन" हो । तर, तिम्रा सुर्य थापा दाई,गोकुल भेना,बिस्णु बा, झाक्री दिदि,कान्छी आमाको छोराहरु जनार्दन शर्मा र दिपसिखा यस्तो चलखेल गर्दैछन् कि हाम्रो एकता र मिलन लामो समय सम्म असंभव झैं देखिदैंछ ।😀
- तिमी बिबेकशील साझा झैं सेक्सी-शुशिल, सुसंस्कृत र शिक्षित तर परि आउदा दुलोमा पस्ने निरो हौ । तर, मेराबालाई केटीको नाममा कागजी चित्र किन नहोस् "आरजू" जस्तै "गाँठवाली" बुहारी चाहिने रे । तुरुन्तै  करोडको घर हान्न सक्ने बुहारी चाहियो रे । तिमीलाई त हेर्नलाई मात्र हो रे, छुनलाई हैन रे । बाले तिमिलाई बैठक र भण्डारकोठामा छिर्न नदेलान जस्तो छ😀
- यो देशमा रिस-डाह, चियो-चर्चो गर्ने धेरै भए । तिम्रो मेरो भेटघाट र प्रेमालाप गाह्राे भो । कहिले त कल्पिन्छु, "पचहत्तर " लाग्यो भनेर तिमिलाई "बैंकक" उडाउँ र एकसरो "स्वछन्द" जिन्दगी जिउँ । मजाले छेरूँ । 😀
- तिमिलाई ठमेल बजार घुमाउन लैंजाउँला भनेर बालाई पैसो मागें ।, "ओई मूला तेरो काम छैन ?" "कृष्ण बहादुर महरा जस्तो मात्र गर्छस"? "मैले कहाँबाट ल्याउनु पाउण्ड" के मेरो गोकुल बास्कोटा साथी हो? "अझै बड्ता बोल्छस?" भन्दै "शेरबहादुर" बनेर थर्काए" । लकडाउनले सबै पसल बन्द छ बिहेको लुगा कता किन्नु सानु कतै खुलेनछ भने चाइना बाट पिपिइको सामान भानुभक्त ढकालले किनेका छन रे नक्कली नै भए पनि त्यही मागेर काम चलाउला।फेरि कोरोना पनि त  लाग्दैन😀त्यो सामान अलिकती अपुग छरे चप्पल र घुम्टोको लागि गलैंचा व्यापारी लाई भनौला🤣
- केही गर्दैन भनेको "बिद्यासुन्दरले" त रानीपोखरीमा लागेको ताला फुटायो । मलाई पनि असक्षम नठान प्रिय, मलाई झोंकचल्यो भने तिम्रो बाउको फलामे ढोका फोडिदिन्छु । उस्तै परे नाक पनि! तिम्रो नाक फोड्नको लागि इटहरीका मेयर द्वारिकालाल चौधरी लाई  एक करोड बजेट छुट्याउन लगाउला । तिम्रो बाउको नजरमा म यसै पनि अपराधी हुँ । तर, तिमिले मायाको स्वस्तिक छाप मेरो मुटुमा लगाईदियौ भने तिम्रो जुँगे बाउको अगाडी "रेशम चौधरी" बनेर देखाईदिनेछु ।😀
- हाम्रो बिहे गराईदिन्छु भन्ने लमी पनि "बाबुराम" झैं नालायक भयो । मिलनको शुभ-समाचार लिएर कहिल्यै नआउने ।😀 
-  ओलीले रकेट ल्याईदिन्छु भनेर नै त हो नि मैले "जून टिपेर तिमिलाई दिउँला" भनेर प्रोमिस गरेको । गठबन्धनको मालिकले "हावा" बोल्ला भनेर के थाह ! यसमा मेरो के गल्ती ?!😀
- तिमिले दाई भनेर सम्बोधन गर्ने "केटो" को पनि मलाई पटक्कै बिश्वास छैन । सानो कुरामानै "कमल थापा" बनेर तिम्रो "शासन-सत्ता" हातमा लेला जस्तो लाग्छ ।😀
- तिम्रो दाई "मनाङे" बनेर हरेकहप्ता मेरो चाहनालाई गोली ठोक्न खोज्छ । तिम्रो भाईले "चन्दा माओबादी" ले झैं मेरो जिन्दगीको चन्दा जबर्जस्ती असुल्न खोज्छ । यो देशमा मेरो प्रेम र गणतन्त्रलाई प्रतिक्रान्तिको खतरा छ । 😀😀😀✌✌
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता