नयाँ दल दर्ता गर्न समाजवादी र राजपा नेताहरु निर्वाचन आयोग पुगे


काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीका नेताहरु नयाँ दल दर्ता गर्नकाे लागि निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि उनीहरू ‘जनता समाजवादी पार्टी नेपाल’ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हुन् । 
बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए । नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेका छन् ।
अहिले उपेन्द्र यादव, महन्त ठाकुर पनि निर्वाचन आयोग पुगिसकेका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए । समाजवादी पार्टी र राष्ट्रिय जनता कहिल्यै नफुट्ने महन्त ठाकुरले बताउनुभयाे ।
बुधबार राति भएकाे सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीकाे झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएकाे छ । तर नयाँ पार्टीकाे नेतृत्वमा काे काे रहने भन्नेबारे अहिले टुंगाे लागेकाे छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता