‘अपहरण’मा परेका सांसद पाँचतारे होटलबाट भागेर समाजवादी पार्टीको सम्पर्कमा पुगे


काठमाडौं, ११ वैशाख । पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् समाजवादी पार्टी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादव होटलबाट भागेर समाजवादी पार्टीको सम्पर्क पुग्नुभएको छ ।
बुधबार साँझ समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्वमन्त्री पार्टी फुटाउन ‘अपहरण’ गरिएको भनेर जनकारी दिनुभएको थियो । नेता यादव बिहीबार बिहान पार्टीको सम्पर्कमा सम्पर्क आएको पनि पाण्डे जानकारी दिनुभयो ।
तस्वीर: विश्वदिप पाण्डेकाे फेसबुकबाट
पाण्डेको अनुसार नेता यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर निस्कन सफल हुनुभएको हो । उहाँले आफ्नै पिएसओलाई पनि झुक्याएर होटलबाट निस्कनु भएकाे समेत पाण्डेले जानकारी दिनुभयाे ।
पाण्डेकाे अनुसार यादवलाई उद्धार गर्न र अभिभावकत्व प्रदान गर्नकाे लागि समाजवादीका वरिष्ठ नेता अशोक राई मेरियट होटल पुग्नुभएको थियाे । यादव बिहीबार विहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको पाण्डेले जानकारी दिनुभएकाे छ ।
बुधबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको थियो । काठमाडौंको नागपोखरी रहेकाे पाँचतारे मेरियट होटल एक वर्षअघि सञ्चालनमा आएको थियो
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता