झापाका थप एकजनामा संक्रमणको पुष्टि, प्रदेश t१ मा संक्रमित ८७ पुगे

विराटनगर, ११ जेठ । आइतबार थप एक जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालमा कोभिड १९ परीक्षण केन्द्रमा गरिएको परीक्षणमा झापा बारदसीका १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको होे ।
विराटनगर स्थित कोभिड उपचार केन्दमा ३५ जनाको उपचार भइरहेको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ जनाको उपचार भइरहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कोभिड उपचार केन्द्र विराटनगरबाट २६ जना कोरोना मुक्त भएर गइसकेका छन् ।
प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेका छन् । प्रदेश नं. १ मा तीन स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।
कोरोन संक्रमितको संख्या बढे संगै प्रदेशका विभिन्न अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ भने विराटनगर स्थित कोभिड उपचार केन्द्रमा संक्रमितहरुको उपचार गरिदै आएको छ ।
संक्रमितहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता