कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण


कपिलवस्तु, ७ जेठ । कपिलवस्तुमा बुधबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । जन स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाकाअनुसार आज बुधबार बिहान भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जनामा कोरोना पाेजेटिभ देखिएकाे हाे ।
थप पुष्टि भएकामा कपिलवस्तुकाे महराजगंज नगरपालिकाका ९ जना र बिजयनगर गाउँपालिकाका ३ रहेका छन् । यद्यपि स्वास्थ्य मन्त्रालयको यसबारे अपडेट आउन बाँकी छ ।
बुधबार थप १२ जनामा कोरोना देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता