विराटनगरको कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचाररत ८ संक्रमित डिस्चार्ज


विराटनगर, ७ जेठ । विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जनालाई डिस्चार्ज गरिएको छ ।
उनीहरुको पछिल्लो स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि वुधवार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको भुल्केका ३ जना र ५ जना भारतीय नागरिक रहेका छन् । उनीहरुमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएको छैन ।
उनीहरुको स्वाब टेष्टबाट नेगेटिभ रिपोट आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएका ५ जना भारतीयहरुलाई विराटनगरस्थित रानी मर्कजको क्वारेन्टाइनमा राखिने छ भने भुल्केका ३ जनालाई आप्mनै होम क्वारेन्टाइनमा पठाइएको छ ।
उनीहरु १५ दिनसम्म डाक्टरको निगरानीमा राखिने फिजिसियन डा। दिपक सिग्देलले जानकारी दिनुभयो । उहाँले विरामीहरुमा कुनै लक्षण नदेखिएकाले डराइहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।
प्रदेश १ मा ५९ जना संक्रमितहरु रहेका छन् भने २६ जना डिस्चार्ज भइसकेका र २८ जना उपचार गराइरहेका छन् भने धनकुटाबाट ५ जना संक्रमितलाई उपचारको लागि ल्याउने तयारी भइरहेको सो अस्पतालका व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता