गजल: खुबै मन परेको,तिम्रै कुनै एउटा मान्छे थियो, त्यै मान्छेलाई तिम्रै सामु ढलाई दिदा के हुन्छ



तिम्रा ती खुसिहरुलाई चलाई दिदा के हुन्छ।
तिम्रा ती तस्विरहरुलाई जलाई दिदा के हुन्छ।

खुबै मन परेको,तिम्रै कुनै एउटा मान्छे थियो
त्यै मान्छेलाई तिम्रै सामु ढलाई दिदा के हुन्छ।

खडेरी छ चैतको धपधप,धर्ति नै जल्ला जस्तै
मट्टितेल पोखि आगोलाउन सलाई दिदा के हुन्छ।

उस्तै हो त माया,उसले जस्तै मैले दिने पनि
तिम्रो त्यो सुन्दर जवानी मलाई दिदा के हुन्छ।

तिम्लाई पाउने त्यो आशा,अझै मरेको छैन मेरो
तिम्रो झरिसकेको पात फेरि पलाई दिदा के हुन्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता