संक्रमितको संख्या ४ सय ५३ पुग्यो, कोभिड १९ बाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु


काठमाडौं, ८ जेठ । आज पुनः ९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ थपिएपछि नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थपिएका संक्रमितमा रुपन्देहीका १ पुरुष र झापा कचनकवलका ८ जना पुरुष रहेका छन् ।
संक्रमितहरुको उमेर १७ बर्षदेखि ५५ बर्ष रहेको पनि पनि देवकोटाले जानकारी दिनुभयो । कपिलवस्तुमा भेटिएका संक्रमित शुद्दोधन गाउँपालिका वडा नम्बर। ३ का बर्ष १९ का पुरुष १ हुन ।
संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको कपिलवस्तुस्थित टिभी जर्नलिष्ट मनोज श्रीवास्तवले जानकारी गराउनु भएको छ । श्रीवास्तवका अनुसार योसंगै कपिलवस्तुमा संक्रमितको संख्या ६० पुगेको छ ।
कोभिड १९ बाट मृत्यु हुने ३ पुगे
यता रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा उपचारत गुल्मीका पुरुषको आज विहान निधन भएको पनि पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका ६ का पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उनको निधनसंगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
टेकु अस्पतालबाट ४ जना डिस्चार्ज
कोरोना भाइरस संक्रमण भई काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंका ४ जना आज स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
स्वास्थ्य लाभ गर्नेहरुमा २३ र २५ बर्षीया महिला र २७ र ३७ बर्षीय पुरुष रहेको पनि प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमण भई निको हुनेको संख्या ४९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता