थप १७ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित ४ सय ४४ पुग्याे



काठमाडाैं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जना, धनकुटा र सुनसरीमा १/१ जनामा काेराेना पुष्टि भएकाे हाे ।
सहप्रवक्ता अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 मन्त्रालयले जनाए अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कुल संक्रमितमध्ये २ जनाकाे मृत्यु भएकाे छ भने  ४५ जना भने निकाे भएर डिस्चार्ज भइसकेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता