कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,४२,५९३ पुग्यो, ३४ लाख ४५ हजार भन्दा बढी संक्रमित


काठमाडौं, २० बैशाख । छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार ५९३ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३४ लाख ४५ हजार ३५३ जना पुगेको छ ।
वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये ११ लाख २ हजार ४०८ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै, १३ लाख ४५ हजार १ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २१ लाख ३५२ वटा कोरोनाका केसहरु सक्रिय छन् ।
यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा ६६ हजार ३५३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ३८ हजार ६६८ पुगेको छ । यसैबीच १ लाख ६२ हजार १०० जनाले कोरोनालाई जितिसकेका छन् ।
त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ९ हजार ३२८ पुगेको छ, भने निको हुनेहरुको संख्या ७९ हजार ९१४ पुगेको छ ।
यता स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २५ हजार १०० पुगेको छ । २ लाख ४५ हजार ५६७ संक्रमित पुगेका छन् । यसैबीच १ लाख १४६ हजार २३३ जना निको भइसकेका छन् ।
यसैक्रममा यूकेमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार १३१ पुगेको छ । संक्रमितको संख्या १ लाख ८२ हजार २६० जना पुगेको छ ।
यता फ्रान्समा २४ हजार ५९४ ले ज्यान गुमाएका छन्, भने १ लाख ६७ हजार ३४६ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार २१२ जना निको भइसकेका छन् ।
त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।
हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ५९ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता