पाँचथरको याङवरकका एक पुरुषमा आरडीटी पोजेटिभ

फिदिम, २० वैशाखः  पाँचथरको याङवरक गाँउपालिका ६ का एक पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ । गणेश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका २४ बर्षिय पुरुषमा आरडीटी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । 
१३ दिनअघि काठमाण्डौबाट आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीसँग क्वारेन्टानमा बसेका थप ११ जनालाई  सदरमुकाम फिदिम ल्याइएको छ । उनीहरुको स्वाब परीक्षणका लागि बिराटनगर पाठाउने तयारी भएको बताईएको छ । आजदेखि काठमाण्डौबाट घर आएकाहरुको आरडीटी परीक्षण सुरु गरिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता