आजै मात्र ३० जनामा कोरोना, संक्रमितको संख्या ४५७

बिहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये कपिलवस्तुका १९ वर्षीय युवक र बाँकेका ३२ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरूको भेरी अस्पताल नेपालगन्ज र प्रदेश प्रयोगशाला रुपन्देहीमा परीक्षण भएको हो।

योसँगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको र ४९ जना निको भएका छन्।

आजै बिहान १७ जना,दिउँसो ९ ,केही समयअघि १ जनामा संक्रमण देखिएको थियो।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता