तेह्रथुममा २० वर्षीय युवाद्वारा बञ्चराे प्रहार गरि बुवा-आमाको हत्या


तेह्रथुम, २६ बैशाख । तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका छ्न्।
विहीबार साँझ साढे ५ बजे तिर स्थानीय २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबू र शौतेनी आमाको बन्चारो प्रहार गरि हत्या गरेका हुन्।
अन्दाजी ४२ बर्षीय रुपबहादुर लिम्बू र शौतेनी आमा अन्दाजी ३५ बर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताउनुभयो ।
बुवा-आमाको हत्यापछि फरार भएका लिम्बूलाइ प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोली र स्थानीय बासीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटना स्थलको अनुसन्धानका लागि जिल्लाबाट थप प्रहरी टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक दाहालले जानकारी दिनुभयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता