कपिलवस्तुमा कोरोना पुष्टि भएका दुवै जना ७ दिन अगाडि मुम्बईबाट आएको खुलासा !


कपिलवस्तु, २५ बैशाख । कपिलवस्तुमा आज (विहीबार) दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा २२ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित दुवै जना मायादेवी गाउँपालिका-२ अभिरावका स्थानीय बासिन्दा हुन् । कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीका अनुसार उनीहरु दुवै जना मुस्लिम समुदायका हुन् ।
सात दिन अगाडि मात्रै उनीहरु भारतको मुम्बईबाट नेपाल भित्रिएका थिए । कोरोना संक्रमितसँगै अन्य चार जना पनि मुम्बईबाट आएका जानकारी गराइएको छ ।
पछिल्लो समय लकडाउनको समयमा पनि लुकीछिपी भारतबाट कपिलवस्तु भित्रिने क्रम बढ्दो छ । आजको घटनाले स्थानीय जनप्रतिनिधिहरुकै मिलेमत्तोमा लुकीछिपी कपिलवस्तु भित्रिने गरेको छर्लंग भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता