झापाको कचनकवलमा थप ५ संक्रमित भेटिए, १ महिला र ४ पुरुषमा संक्रमण पोजिटिभ


विराटनगर, ७ वैशाख । प्रदेश १ मा वुधवार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापा कचनकवलका ५ जनालाई पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षणपछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगरस्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो ।
संक्रमितहरुमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । झापामा अझै संक्रमित भेट्न सकिने सम्भावना बढेको सामाजिक विकास मन्त्रालय श्रोतले जानकारी दिएको छ । उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने जानकारी आएको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता