एकै दिन १० संक्रमित फेला परेपछि कपिलवस्तु आज साँझदेखि सिल गरिने


कपिलवस्तु, २९ बैशाख । एकै दिन १० जनामा संक्रमण देखिएपछि कोरोनाको उच्च जोखिममा परेको भन्दै कपिलवस्तु जिल्लालाई सिल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक अत्यन्त जरुरी सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि जिल्लालाई सिल गरिने भएको जनाएको छ ।
सोमबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको बुझिएको छ । कपिलवस्तुमा आज फेला परेका १० सहित कोरोना संक्रमित १५ पुगेका छन् । संक्रमित अधिकांश भारतबाट फर्किएकाहरु हुन् ।
भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढेको र संक्रमित मध्ये अधिकांश लकडाउनको अवधिमा रातिको समयमा नेपाल प्रवेश गरेको पाइएपछि कपिलवस्तु सिल गर्न लागिएको हो ।
लुकिछिपी आउने क्रम नरोकिएपछि कपिलवस्तु कोरोना संक्रमणको उच्च जोखिममा परेको पनि स्थानीय प्रशासनको ठम्याइ छ ।
न्युज२४ नेपालबाट साभार  गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता