हटस्पोट बनेका उदयपुर, वीरगञ्ज र नेपालगञ्जमा नमूना संकलन कार्य तीब्र : स्वास्थ्य मन्त्रालय


काठमाडौं, २५ बैशाख । कोरोना भाइरस संक्रमितको हिसाबले हटस्पोट बनेका उदयपुर, वीरगञ्ज र नेपालगञ्जमा नमूना संकलन कार्यलाई सरकारले तीब्र बनाएको छ ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरी उदयपुरमा कम्तिमा ५ सय,बीरगञ्जमा कम्तिमा १ हजार र नेपालगञ्जमा कम्तिमा १ हजारको नमुना संकलन कार्यलाई आजदेखि तीब्र बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म नेपालमा संक्रमितको संख्या ९९ रहेको र जस्मा पुरुष ७१ र महिलाको संख्या २८ रहेको बताउनुभयो । उहाँले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिनुभयो ।
प्रवक्ता देवकोटाले हालसम्म देशभर पीसीआर विधिबाट १४ हजार ५ सय ९ जनाको परीक्षण भएको र आरडीटी विधिबाट ५४ हजार ९३ जनाको परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो ।
हाल क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ र आइसोलेसनमा रहनेको संख्या १ सय ३३ रहेका जानकारी पनि उहाँले दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता