प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, भोलि डिस्चार्ज हुँदै


विराटनगर, २५ बैशाख । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ ।
दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए ।
यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
प्रदेश १ मा पीसीआर विधिबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ ।
त्यस्तै आरडीटीबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता