प्रदेश १ मा संक्रमितको संख्या ४ सय ८४ पुग्यो, २ सय ८५ निको भए


विराटनगर ९ असार । प्रदेश १ मा मंगलबार २० जना नयाँ संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा संक्रमितको संख्या जम्मा ४ सय ८४ पुगेको छ ।
प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र २ सय ४जना संक्रमितहरु छन, भने मोरङमा १ सय २९ पुगेका छन् ।
यसै गरी सुनसरीमा ६९ पुगेको छ भने धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ४, ,उदयपुरमा ५१ ,सोलुखुम्बुमा १ , संखुवासभामा २ जना, तेह्रथुममा २ जना इलाममा २ जना , पाँचथर १ ताप्लेजुङमा ३ जना र ओखलढुङगामा २ जना संक्रमितहरु रहेका छन् ।
कोशी कोभिड विराटनगरमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ९८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३७ जना र उदयपुरको चौदण्डीगढी आइसोलेसन केन्द्रमा ५ जनाको उपचार भइरहेको छ ।
यसैबीच मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाबाट २७ जना डिस्र्चाज भएका छन् ।
प्रदेश १ मा संक्रमितहरु थपिएसंगै निको भएर जानेहरुको संख्या पनि २ सय ८५ पुगेको छ । डिस्चार्ज हुनेहरुलाई होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिनुभयो ।

यसैगरी नयाँ संक्रमितहरुलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको सो मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री घिमिरेले संक्रमितको बर्गीकरण गरेर उपचार गरिने बताउनु भएको छ ।
उहाँले संक्रमण देखिएका सामान्य प्रकृतिकालाई सुन्दरहरैचा, मेचीनगर र चौदण्डीगढीमा, कोरोनाको सामान्य लक्षण देखिएकालाई विराटनगर र कोरोनाको लक्षण देखिएका गम्भीर विरामीलाई धरानमा उपचारको प्रवन्ध गरिने जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता