मङ्गलबारेमा प्रदेश १ सरकार विरुद्ध अनिश्चितकालिन अनसन

इलाम, ९ असार : मोरङको उर्लाबारी ३ मङ्गलबारेमा रहेको मङ्गलवारे अस्पताल नामकरण विवादलाई लिएर सोमबारदेखि स्थानीयवासी अनिश्चितकालिन धर्नामा उत्रिएका छन् ।

प्रदेश १ सरकारले मङ्गलवारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरे सँगै स्थानीयवासी आन्दोलित वनेका छन् । उनीहरूले आन्दोलनका का विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
। मोटरसाइकल र्‍याली,मसाल जुलुस लगायतका आन्दोलनका कार्य गर्दै आएका छन् । अस्पतालको नाम परिवर्तन गर्ने घोषणा विरुद्ध आन्दोलनरत सङघर्स समितिले सोमवार देखि अस्पताल गेट अगाडि धर्ना सुरु गरेका हुन् ।

नेपाली काँग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् पार्टी नेपाल उर्लाबारी र मङ्गलबारेका युवा समूहलाई एक गरी निर्माण गरिएको संयुक्त सङ्घर्ष समितिका मातृका धिमालले जानकारी दिए ।

प्रदेश १ सरकारले आफ्नो आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाल सञ्चालनमा रहेको मगलबारे अस्पतालको स्तरउन्नति गर्ने भन्दै अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।
सो प्रस्तावको विरोध गर्दै स्थानीयहरू विगत १५ दिन देखि आन्दोलनरत रहेका छन् ।
कपुरीन्युजबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता