भरतपुर प्रयोगशालामा ३० जनामा संक्रमणको पुष्टि, २ स्वास्थ्यकर्मी, एक संक्रमितको अवस्था गम्भिर


चितवन, २६ जेठ । चितवनको भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा आज एकैदिन ३० जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ ।
कोरोना प्रयोगशालामा शुक्रबार र शनिबार संकलन गरिएका नमूनामध्येको रिपोर्टमा ३० जनाको पोजिटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनुभयो ।
३० जना मध्य ५ जना नवलपुर तथा १ जना धादिङका रहेका छन् भने अन्य सबै चितवन जिल्लाका हुन् । संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मी रहेको बुझिएको छ । एकजना नारायणी सामुदायिक हस्पिटलमा कार्यरत चिकित्सक हुन् भने अर्का एकजना भरखरै मेडिकल अफिसर पासआउट रहेको बुझिएको छ ।
पोजिटिभ देखिएकामध्ये भरतपुर–३ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
त्यस्तै दुई जना कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचाररत बिरामी हुन् । उनीहरु २५ वर्षका पुरुष र ६६ वर्षीया महिला रहेको भरतपुर अस्पतालका मे।सु। डा। श्रीराम तिवारीले जानकारी दिनुभयो ।
पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् ।
भरतपुर महानगरपालिकाका १२ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया महिला हुन् । त्यस्तै भरतपुर–२८ का दुई पुरुष, भरतपुर २७ का एक महिला एक पुरुष, भरतपुर २०, ११ र १९ वडाका एक एक पुरुष रहेका छन् ।
त्यसतै छिमेकी जिल्लाका नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् ।
राजविराज–९ का एकजना महिला हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएर हाल डिस्चार्ज भइसकेकी ७२ वर्षकी छन् । त्यस्तै धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता