कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या १४ पुग्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं, २६ जेठ । नेपालमा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या १४ पुगेको हो ।
मन्त्रालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार कोरोना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेमा उनी नै पहिलो रहेको बताइएको छ ।
मृतक पुरूष स्याङ्जाको बालिङ नगरपालिका स्थायी ठेगाना रहेको र उनमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
मृत्यु भएका व्यक्तिमा पाँच प्रकारका रोग देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको अस्पताल निर्देशक प्राध्यापक डाक्टर अर्जुन आचार्यले मृतक पुरुषमा क्रोनिक किड्नी डिजिज, हाइपर टेन्सन, डाइबेटिज, सेप्टिसिमीया, एनेमिया लगायतका समस्याहरु समेत रहेको जनाएका छन् ।
मिर्गौला उपचारका लागि उनी छ महिना अघि भारत गएका थिए । उपचारकै क्रममा भारतमा लकडाउन सुरु भएपछि उनी सुनौली नाकामा अलपत्र परेका थिए । वालिङ नगरपालिकाको पहलमा उनलाई जेठ २१ गते राति अबेर वालिङ ल्याइएको थियो ।
उपचारका लागि भारत गएका उनको मिर्गौला प्रत्यारोपण समेत सम्भव नहुने भएपछि अस्पतालले नेपाल फर्कन सुझाब दिएको थियो । स्वास्थ्य अवस्था नाजुक भइसकेका उनलाई वालिङबाट पोखरा पठाइएको थियो ।
आइतवार मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानको आइसोलेसनमा उपचारत रहेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता