प्रदेश १ मा थप १४ जनामा संक्रमणको पुष्टि,संक्रमितको संख्या ४ सय १६ पुग्यो


विराटनगर, ३ असार । मोरङमा वुधबार ९ जनासंगै प्रदेश नं १ मा १४ कोरोना संक्रमित थपिएका छन् । योसंगै मोरङमा संक्रमितको संख्या १ सय १ पुगेको छ । यस्तै प्रदेश १ मा संक्रमितको संख्या ४सय १६ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
मोरङको सुनबर्सी नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमित भेटिएको हो । उनीहरु सवै जना भारतबाट आएका पुरुषहरु हुन् । यसै गरी झापामा १ जना र उदयपुरमा ४ नयाँ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमित ९ जनाको बिराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा पोजिटिभ रिर्पोट आएको हो । भने ४ जनाको धरानको ल्याबमा र १ जनाको कोशी अस्पतालको ल्याबमा पोजेटिभ भेटिएको हो ।
प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी झापा जिल्लामा मात्र १ सय ७८जना संक्रमितहरु छन, भने मोरङमा ११६ पुगेका छन् । यसै गरी सुनसरीमा ६५ पुगेको छ भने ,उदयपुरमा ४७ , धनकुटामा ८ ,भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २ जना, इलाममा २ जना र तेह्रथुममा २ जना संक्रमितहरु रहेका छन् ।
प्रदेश १ मा संक्रमिहरु थपिएसंगै निको भएर जानेहरुको संख्या पनि १ सय ८१ पुगेको छ । संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २२ जना साथै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३४ र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेन्टरमा १ सय १८ जनाको उपचार भइररहेको छ ।
उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । नयाँ संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता