गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङमा पनि पहिलाेपटक देखियाे काेराेना


पोखरा, ४ असार । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिनेमा पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिकामा १५ जना २१ देखि ३९ वर्षसम्मका युवाहरू रहेका छन् । २ जनाकाे भने उमेर नखुलेकाे निर्देशनलायले जनाएकाे छ ।
तनहुँका गैंडाकाेट नगरपालिकामा १ जना, ऋषिङ गाउँपालिकामा ७ जना,  शुक्लागण्डकी नगरपालीकामा १ जना र भानु नगरपालिकामा ४ जनामा काेराेना संक्रमण देखिएकाे हाे । उनीहरू सबै पुरूष रहेका छन् ।
त्यस्तै गाेरखाका पालुङटार नागरपालिकामा ६ जना पुरूष र एकजना महिलामा काेराेना देखिएकाे छ । गाेरखाकै शहिद लखन गाउँपालिकामा पनि ४ जना पुरूषहरूमा काेराेना संक्रमण देखिएकाे छ ।
हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।
अहिले काेराेनाभाइरस ७४ जिल्लामा फैलिएको छ । प्रदेश १ मा ओखलढुंगा, बागमती प्रदेशमा रसुवा र  गण्डकी प्रदेश मुस्ताङमा भने अहिलेसम्म काेराेना देखा परेकाे छैन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता