थप २० जनामा पुष्टि भएसंगै प्रदेश १ मा संक्रमित संख्या २ सय ७७ पुग्यो


विराटनगर, २६ जेठ । प्रदेश १ मा दैनिक संक्रमितको संख्या थपिएसंगै सोमबार २० जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा संक्रमितको संख्या २ सय ७७ पुगेको छ ।
प्रदेश नं. १ का १२ वटा जिल्लामा २ सय ७६ संक्रमितहरु छन् । जस मध्ये ९० जना निको भएर भएर गईसकेका छन् । झापा जिल्लामा मात्र १० जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ सय ४८ पुगेको छ ।
प्रदेश १ मा सवै भन्दा धेरै झापा जिल्लामा संक्रमितहरु भेटिएका छन् । यसै गरी मोरङमा सोमबार ९ जना संक्रमित थपएिसंगै संक्रमितको संख्या २८ पुगेको छ भने सुनसरीमा १ जना थपिएसंगै संक्रमितको संख्या ४२ पुगेको छ ।
यसै गरी प्रदेश १ का जिल्लाहरु उदयपुरमा ३६ , धनकुटामा ८ ,भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २ जना र तेह्रथुममा २ जना रहेको प्रदेश १ कोरोना सूचना डेक्स विराटनगरले जानकारी दिएको छ ।
संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा साथै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोरङको गोठगाँउ स्थित कोभिड उपचार केन्द्रमा उपचार भइररहेको छ ।
प्रदेश १ सरकारले कुनै लक्षण नदेखिएका र सामान्य विरामीहरुलाई सामान्य अस्पतलको आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय गरेको छ । उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
नयाँ संक्रमितहरुलाई आइसोलेसन अस्पताल ल्याउने तयारी भइरहेको प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता