विराटनगरमा समुदायमा कोरोना : ३ जना स्वास्थ्यकर्मी सहित १५ संक्रमित थपिए


विराटनगर,  १३ साउन । विराटनगरमा एक साता देखि समुदायमा कोरोना संक्रमण देखिने कार्य तीब्र बनेको छ । मंगलबार महानगरपालिका भित्र ३ जना स्वास्थ्यकर्मी सहित १५ जनाकाे पीसीआर रिपोर्ट पोजेटिभ आएको बिराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभएको छ ।
पछिल्लो पटक विराटनगर अस्पतालका डाक्टरको सम्पर्कमा आएका कर्मचारीहरु ३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ आएका ३ जना विराटनगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हुन् । केही दिन अघि सो अस्पतालका सञ्चालक समेत रहेका डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उक्त अस्पतालमा करिव तीन सय कर्मचारी र स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । सवैको स्वाब टेष्ट गरिने र पोजेटिभ भेटिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पनि स्वाब टेष्ट गरिने प्रमुख कार्कीले जानकारी दिनुभयो । संकलन गरिएको स्वाबको रिपोर्ट आउन अझै समय लाग्ने प्रमुख कार्कीले जानकारी दिनुभयो ।
समुदायमा संक्रमण फैलिएको हुनाले विराटनगर महानगरपालिकाले सुरक्षा सतर्कता नपनाउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
महानगरपालिकाले बिराटनगर अस्पतालमा सिल गरेको छ । यसैगरी बिराटनगर महानगरपालिका भित्र हुने अत्यावश्यक बाहेकका सेवा अर्को सूचना नआए सम्मका लागि बन्द गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता