पछिल्लो २४ घण्टामा १ सय ४७ संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार २ सय ४१ पुग्यो


 काठमाडौं, ८ साउन । मुलुकमा थप १ सय ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ४७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या २ हजार ४१ पुगेको छ ।
मन्त्रालयका अनुसार ५ हजार ३ सय ५८ सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना, मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका २ जना, सुनसरीका २ जनामा संक्रमण देखिएको छ । यस्तै, गजेन्द्र नारायण सिंह अस्पताल सिरहाका २ जना, सप्तरीका ७ जनामा संक्रमण पुष्टि भएको छ । यता, भरतपुर अस्पताल भरतपुरमा महोत्तरीका १ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा पर्साका १७ जनामा संक्रमण देखिएको छ ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २ जना, शुक्रराज अस्पताल टेकुमा भएको परीक्षणमा ललितपुरका १ जना, र काठमाडौंका २ जनामा पुष्टि भएको छ । यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा पर्वतका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, स्टार अस्पताल सानेपामा भएको परीक्षणमा ललितपुरका १जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा अस्पतालमा गरिएको परीक्षणमा कास्कीका १, स्याङजाका १, पर्वतका २ जनामा संक्रमण पुष्टि भएको छ ।
उता, रुपन्देही प्रयोगशालामा रुपन्देहीका ११, प्यूठानका २ जना, र नवलपरासीका १ जना, लुम्बिनीमा भएको परीक्षणमा रुपन्देहीका २ जना नयाँ संक्रमित देखिएका छन् । यस्तै, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका २४ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ जना, डोटीका ७ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २ जना, बझाङका १ जना, कञ्चनपुरका ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, हालसम्म २० हजार ९८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ३ सय ५८ जना छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता