वीरगञ्जमा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि, कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ४३ पुग्याे


वीरगञ्ज, ८ साउन । वीरगञ्जमा मृत्यु भएका एक पुरुषमा मरणाेपरान्त कोरोना सङ्क्रमण पुष्टि भएको छ । श्वास-प्रश्वासको समस्याले ग्रसित अन्दाजी ७० वर्षीय ती पुरुषको मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले पुष्टि गरेका छन् । उनको मंगलबार नै उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो ।
मृत्युपछि गरिएको पीसीआर टेष्टमा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ४३ पुगेको छ । हालसम्म वीरगञ्जको एडभास अस्पतालमा मात्रै कोरोना भाइरसको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ । मंगलबार मृत्यु भएका वृद्धको ट्राभल हिष्ट्री पनि नभएकाले समस्या परेको चिकित्सकहरु बताउछन् ।
उनमा कोरोना भाइरस संक्रमण बाहेक अन्य कुनै समस्या नदेखिएको चिकित्सकहरुको निष्कर्ष छ । सरकारले परीक्षणको दायरा घटाएर कोरोना संक्रमितको संख्या कम देखाएर लकडाउन खुलाएको सरोकारवालाहरु बताउछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता