माल्टामा झापाली समाज गठन

इलाम, ८ साउनः  माल्टाका कार्यरत तथा बसोवास गर्दै आएका झापावासीहरुको एक भेलाले २१ जुलाई २०२० का दिन झापा समाज माल्टा शाखाको गठन गरेको छ ।
२१ जुलाई २०२० मा जुममा भएको भर्चुअल भेलाले १५ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समितिको संयोजकमा शर्मिला बस्‍नेत, उपसंयोजकमा लोकराज पौडेल र सदस्यहरुमा क्रमशः उपेन गिरी, प्रबिण थापा, द्रोण कुमार घिमिरे, मुक्ति पुरी, शुष्मा कार्की, रमेश चापागाईं, रोसन आचार्य, पार्बाता उप्रेती, निशा सुवेदी, मनेज बस्नेत, पिंकुर तामाङ, नबिन भट्टराई र योगेश खडका रहेका छन् ।
सोही भेलाले तेजबहादुर लिम्बुको संयोजकत्वमा नबिन गिरी र राजिब दाहाल सल्लाहकार रहने गरि सल्लाहरकार समिति समेत चयन गरेको छ ।
माल्टामा कार्यरत झापाबासीहरुबीच भाइचारा र आपसी सम्पर्क बढाइ पारस्परिक सद्‌भाव वृद्धि गर्ने, समस्यामा परेका नेपालीहरुलाई आर्थिक, नैतिक तथा मानवीय सहयोग गर्ने, नेपाल, नेपाली र झापा जिल्लाको पहिचान गर्ने विभिन्‍न सामाजिक, सांस्कृतिक, खेलकुद, आर्थिक र मनोरञ्‍जनात्मक गतिविधि गर्ने, माल्टामा कार्यरत विभिन्‍न पेसामा आवद्ध झापाबासीहरुको विवरण तथा लगत तयार पार्ने तथा त्यसको आधारमा सदस्यहरको व्यवसायिक ज्ञान वृद्धि गर्ने तथा उद्यमशिल गतिविधि गर्न सहजिकरण गर्ने झापा समाज माल्टाका उपसंयोजक लोकराज पौडेल जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता