
काठमाडौं, श्रावन ०७ । सप्तरी जिल्लाको राजविराजमा कोरोना संक्रमण समुदायमै फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका लागि भोली बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ।
त्यसैगरी सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन। दुवानीमा प्रयोग हुने साधन बर्कशप जस्ता अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा स्थलहरू अनावश्यक आवत जावत, हिडडुल गर्न निशेष गरिएको छ । जिल्ला सुरक्षा समितिको आज दिउँसोको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
