ताप्लेजुङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि


ताप्लेजुङ, ७ साउन। ताप्लेजुङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैदेशिक रोजगारीबाट फर्किएका १४ जनाको पीसीआर परीक्षण गर्न पठाइएकोमा ३ जनाको पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको हो ।
संक्रमित हुनेमा सिरिजङ्घा, पाथिभरा याङ्वरक र सिदिंवा गाउँपालिकाका रहेका छन् । उनीहरुलाई उपचारका लागि ताप्लेजुङ उद्योग बाणिज्य संघको आइसोलेसन कक्षमा राखिएको छ । यसैबीच १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्केका छन् । उनीसंगै ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । मेरिङ्देन गाउँपालिकाका १ जना संक्रमित ७ दिनमै कोरोनालाई जितेर घर फर्केका हुन् ।
हप्ता दिनमै कोरोना जितेका उनलाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले बुधवार फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको क्वारेन्टिनबाट फुलमालासहित बिदाइ गरेको छ ।
यस्तै विभिन्न क्वारेण्टिनमा बसेका ११ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता