नेपाल एयरलाइन्सका १६ कर्मचारीमा कोरोना पोजिटिभ पाइएपछि सोल्टी होटल सिल

काठमाडौं, २२ असार । नेपाल एयरलाइन्सका कर्माचारीहरूमा कोरोना संक्रमण भए पछि सोल्टी होटल सिल गरिएको छ । उनीहरूलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिएको महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूगमबहादुर कुवँरले बताउनु भयो ।
तीन पाइलटसहित नेपाल एयरलाइन्सका १६ उडान कर्मचारीमा सोमबार पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टाइन होटेलका रुपमा प्रयोग गरिदै आइएको थियो ।
सोल्टीमा नेपाल एयरलाइन्सको समेत शेयर लगानी रहेको छ । कोरोना पोजिटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई प्रिन्सेप भवनको पाँचौ तल्लामा राखिएको प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजिटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसाग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ ।“
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता