वीरगञ्जमा समुदायसम्म फैलियो कोरोना, लकडाउन लागू गर्नु पर्ने मेयर सरावगीको प्रस्ताव


वीरगञ्ज, ८ साउन । वीरगञ्ज महानगरपालिकामा समुदायसम्म कोरोना भाइरस संक्रमण फैलिएसँगै प्रशासनले यसतर्फ चाँसो दिएको छ ।
बिहीबार विहान वीरगञ्जमा २ जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यसतर्फ प्रशासनको चासो बढेको हो ।
केही दिनदेखि वीरगञ्जमा कोरोना संक्रमण परीक्षणको दायरा खुम्चिएसँगै कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि आएको थियो तर पैसा तिरेर कोरोना संक्रमण चेकजाँच गराएकाहरुमा पनि संक्रमण पुष्टि भएपछि यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकाय महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयको ध्यान केन्द्रित भएको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको आकस्मिक बैठकको लामो छलफल पश्चात कोरोना संक्रमण नियन्त्रणलाई न्यूनीकरण गर्न के कस्ता उपायहरु आपनाउनुपर्ने भन्नेबारे ठोस निर्णय हुन सकेन ।
शुक्रबार विहान पुनः जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको वृहत्त बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा गर्ने ? कि नगर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले निषेधाज्ञा जारी गर्ने र परीक्षण तीव्र बनाउने विषयमा बिहीबारको बैठक निष्कर्षविहीन टुँगेकोले शुक्रबारको बैठकबाट निर्णय हुने बताउनुभयो ।
वीरगन्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिइसकेको छ । देशको मुख्य प्रवेशद्वार अनि खुल्ला सिमानाको कारण समुदायमा कोरोना भाइरस संक्रमण फेला परेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनुभयो ।
उहाँले नाका बन्द गरिएपनि खुल्ला सिमाना भएको कारण दैनिक सर्वसाधारणहरुको आवत जावत जारी नै रहेको र तस्करहरुले तस्करी गरि नै रहेको हुनाले पनि कोरोना संक्रमण फैलिएको बताउनु भयो ।
सीमा क्षेत्रमा आवागमनसँगै वीरगञ्जमा कडा लकडाउन लागू गर्नु पर्ने भन्दै अहिले सतर्क नभए संक्रमण अझै फैलिन सक्ने मेयर सरावगी बताउनु भयो ।
न्युज२४ बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता