पर्सामा पुनः ५ थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टि, केहीको अवस्था चिन्ताजनक


सिमरा, ८ साउन । पर्सामा एकैदिन फेरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार भएको परीक्षणमा ५ जना थुनुवाकैदी सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले बताउनु भयो ।
नयाँ संक्रमितहरु पर्साका स्थायी बासिन्दा र अन्य ठाँउका विभिन्न पेशा व्यवसाय गरी बसेकाहरु रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले अधिकांश संक्रमितमा कोरोनाको लक्षण समेत देखिएको र केहीको अवस्था चिन्ताजनक रहेकोे बस्नेतले बताउनु भयो । पर्सामा कोरोनाको संक्रमण बढ्दै गएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ ।
केहीदिन देखि पर्सामा फेला परेका संक्रमित मध्ये चिकित्सक पनि रहेकाले नेपाल चिकित्सक संघ, नारायणी अञ्चलले एक बिज्ञप्ती निकालेर असार ९ गतेदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो ।
चिकित्सक नै संक्रमित भएपछि अर्को सूचना नभएसम्म वीरगञ्जका सबै अस्पतालको आकस्मिक बाहेक सेवा बन्द भएको नेपाल चिकित्सक संघ, नारायणी अञ्चलका सचिव डाक्टर सिंहले बताउनुभयो ।
उहाँले अहिले चिकित्सक नै संक्रमित भएकाले अझै जोखिम मोलेर सेवा दिन नसकिने भएकाले सेवा बन्द भएको बताउनुभयो ।
न्यज२४ नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता