पछिल्लो २४ घण्टामा १ सय ३३ संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुग्यो


काठमाडौं, ९ साउन । मुलुकमा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा अझै ५ हजार ३ सय ८३ सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका ६ जना, मोरङका १, सप्तरीका ७ र सुनसरीका १ जनामा संक्रमण देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १९, सुनसरीका ३ र मोरङका १ जनामा संक्रमण देखिएको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका १, सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल भरतपुरमा चितवनका १ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका १, सर्लाहीका १, पर्साका ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धनुषाका १ जना, शुक्रराज अस्पतालमा भएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका १ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा चितवनका १, काठमाडौंका ५ जना र उदयपुरका १ जनामा संक्रमण देखिएको छ । यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा कास्कीका ४, लम्जुङका ३ जना, बागलुङका १ जना र तनहुँका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, रुपन्देहीका ४ जनामा संक्रमण पुष्टि भएको छ । यता, भेरी अस्पतालमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ८ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा जाजारकोटका १ जना र कालिकोटका २ जनामा संक्रमण देखिएको छ ।
यता, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, हालसम्म १९ हजार ४ सय ४४जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ३ सय ८३ जना छन् ।
मन्त्रालयका अनुसार मुलुकभर ३ लाख ३५ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता